दुई मुक्तक (छैठौं साता)



०९ कार्तिक २०७५, काठमाडौं

नमस्कार म धनबल राई, यहाँहरुसमक्ष फेरी पनि दुई साता मुक्तक अन्तर्गतको तीन मुक्तकहरु लिएर आएको छु । गत साता मैले मेरा तीन मुक्तकहरु राख्न सकिन, कारण हिन्दु नेपालीहरुको महान चाड दशैं हो । तर यो साताबाट भने म यहाँहरुमाझ निरन्तर जोडिन्छु ।

मुक्तकको बारेमा–
मुक्तक यस्तो एउटा साहित्यिक विधा हो, जुन चतुष्पदीय हुन्छ, यसलाई एउटा स्वतन्त्र विधा पनि भनिन्छ । अझ स्पष्टसँग भन्ने हो भने यो पहिलो, दोस्रो र चौथों अनुप्रासयुक्त (तुक) र तेस्रो हरफ भने स्वतन्त्र हुन्छ । यसको पहिलो हरफले विषयको उठान गर्छ, दोस्रो हरफले उठानलाई थप समर्थन गर्छ, तेस्रो हरफ भने स्वतन्त्र हुन्छ, यानेकी यसले चौथों हरफलाई झट्का हान्न उपयुक्त वातावरण सिर्जना गर्नु पर्दछ ।

भनिन्छ, मुक्तक (AABA) सुत्रमा लेखिन्छ । किनकी मुक्तकमा पहिलो, दोस्रो र चौथों हरफ भने अनुप्रासयुक्त हुन्छ, र तेस्रो हरफ भने स्वतन्त्र हुन्छ । मुक्तक मुख्यतः मायाँ, प्रेमसँग जोडेर लेख्ने गरिन्छ, तर मुक्तक जुनकुकै विषयमा पनि रहेर लेख्न सकिन्छ । यहाँ मैले विशेषतः मायाँ प्रेमकै विषयमा लेख्न प्रयास गरेको छु । र अब देखि चाहिँ म हजुरहरुसमक्ष तीन–तीन वटा मुक्तकलाई स्थान दिने छु, यो साताको मुक्तक यसरी सुरु हन्छ, आउनुहोस् सुरु गरौं ।

जो हेर्छन् सम्पत्ति गाडी, माँया गर्न नजान्नेहरु ।
गैहाल्छन् बिचमै छाडी, माँया गर्न नजान्नेहरु ।
उपहारमा घडी दिएर समय अर्कैसँग कटाउने,
ती हुने माँयाका खेलाडी, माँया गर्न नजान्नेहरु ।

केही हिट्लरहरु देखिन्छन्, बुद्धको भेषमा ।
केही काँतरहरु देखिन्छन्, जंगको भेषमा ।
देशलाई केही दिने बेलामा उल्टै लुट्छन्,
केही चुत्थरहरु देखिन्छन्, पृथ्वीको भेषमा ।

संके भने कुनै दिन, सुनको चुरा दिनेछु ।
तिमीलाई मन पर्ने पर्ने, कुरा दिनेछु ।
मेरा सबै प्रयासहरु तिम्रा लागि हुनेछन्
ती सबै दिन नसके माँया भने पुरा दिनेछु।

प्रतिक्रिया दिनुहोस्