बेपत्ता मजदुरको खोजी गर्न आग्रह



०९ कार्तिक २०७५, बनेपा

बनेपमा रिक्सा चलाएर जीविकोपार्जन गर्दै आएका एक मजदुर बेपत्ता भएको भन्दै खोजी गर्न उनका परिवारले आग्रह गरेका छन् ।

सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका–५ पुराना झाँगाझोली घर भई विगत २०/२२ वर्षदेखि बनेपा नगरपालिका–९ शाहीटोल बस्दै आएका वर्ष ४२ का बखतबहादुर तामाङ यही कात्तिक २ गतेदेखि हराएको उहाँकी श्रीमती शान्तकुमारी तामाङले बताउनुभयो ।  आफू छोराछोरीसहित गत असोज २६ गते नै दशैँका लागि घर गएको र बखतबहादुर एक्लै बनेपा बस्नुभएकामा कात्तिक २ गतेदेखि उहाँ वेपत्ता हुनुभएको हो ।

“म पछि आएँ, छोराछोरीलाई अगाडि नै पठाएकी थिएँ उनीहरूले कोठामा बुबा नरहेको बताएपछि खोजी गर्दा अहिलेसम्म फेला पर्नुभएन ।” शान्तकुमारीले भन्नुभयो, “उहाँको खोजीका लागि सहयोग गर्नुपर्याे ।” बनेपा इलाका प्रहरी कार्यालयले  जानकारी पाएपछि तामाङको खोजी गरिरहेको  र अहिलेसम्म फेला नपरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्