
०८ कार्तिक २०७५, इटहरी
इटहरीमा रहेको सामुदायिक सर्पदंश उपचार केन्द्र सर्पले डसेका विरामीहरुको तथा सर्वसाधारणका लागि वरदान सावित हुन थालेको छ ।
नेपाली सेनाको प्राविधिक सहयोगमा सञ्चालन भएको सामुदायिक सर्पदंश उपचार केन्द्रमा उपचारका लागि हाल सम्म आएका शत प्रतिशतले उपचार पाएपछि सर्वसाधारणहरुले केन्द्रलाई वरदानका रुपमा लिन थालेका हुन ।
सर्पदंशका कारण मानिसहरुले ज्यान गुमाउने गरेको तर्फ मध्यनजर गर्दै नेपाली सेनाको सहयोगमा २०६९ साल देखि सामुदायिक स्तरमा सञ्चालनमा आएको सर्पदंश उपचार केन्द्रमा हालसम्म आठ हजार पाँच सय वढीले उपचार लिएका छन् । सर्पदंश केन्द्रमा उपचारका लागि आइपुगेकाहरुले स्वास्थ्य लाभ पाएका कारण केन्द्रप्रति सर्वसाधारणको आस्था बढेको र हाल सम्म आठ हजार पाँच सय भन्दा वढीले स्वास्थ्य सेवा लिइसकेको केन्द्रका अध्यक्ष दिवस पोखरेलले वताए ।
सामुदायिक सर्पदंश केन्द्र इटहरीमा सुनसरी ,मोरङ्ग ,उपयपुर , पुर्वी पहाडी क्षेत्रका विभिन्न जिल्लाहरुबाट समेत सर्पदशंवाट पिडितहरु उपचारका लागि आउने गरेको केन्द्रका उपाध्यक्ष राजु थापाले थप जानकारी दिए । केन्द्रमा उपचारका लागि आउनेहरुमा खासका सर्वसाधारणहरु रहेको र शुल्क तिर्न नसक्नेहरुलाई छुट दिने गरेको समेत उपाध्यक्ष थापाले वताए । केन्द्रमा उपचारका लागि ल्याइएकाहरुका कुरुवाहरुलाई नेपाली सेनाले खानाको व्यवस्था समेत मिलाएको जनाइएको छ । सर्पदंशका पिडितको उपचारका लागि केन्द्रले विषालु सर्पको टोकाइका कारण उपचार गर्न आउनेहरुसँग दुई हजार र विष नलाग्ने सर्पदशंको उपचारका लागि आउनेहरुसँग एक हजार रुपौया शुल्क लिने व्यवस्था गरेको छ ।
अन्य स्वास्थ्य केन्द्र भन्दा सुलभ र प्रभावकारी उपचार हुने भएको कारण समेत केन्द्रमा विरामीहरुको चाँप बढी हुने गरेको जनाइएको छ । सर्पदंशको प्रभावकारी उपचार गर्दै आएको केन्द्रलाई हाल प्रदेश नम्वर १ सरकारले सर्पदशंको उपचारका लागि आवश्यक सामाग्री खरिदका लागि प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमीरेले २५ लाख उपलव्ध गराउने प्रतिवद्धता समेत जनाई सकेका छन् ।





