सिस्नो खानुको फाईदाहरु यस्ता छन् , अवश्य पढ्नुहोस्



०८ कार्तिक २०७५, काठमाडौं

सिस्नो नेपालको पहाडी भागमा बढि तथा अन्य क्षेत्रमा कम मात्रामा पाईन्छ । यसको छिपेको भाग तथा आईलिएको भागलाई प्रयोगमा ल्याउन सकिँदैन । अहिलेसम्म तीन–चार प्रकारका सिस्नो भेटिएका छन् । भेटिएका सबै प्रजाति सेवन गर्न मिल्ने केही अध्ययनहरुले देखाएका छन् । कलिलो, फूल या मुना मात्र सेवन गर्नु राम्रो हुन्छ । गाउँघरमा सिस्नो लाई तरकारीको रुपमा पनि प्रयोग गर्ने चलन छ

सिस्नोमा हुने भिटामिन ए,भिटामिन सी, भिटामिन डी लौहतत्व, पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थको कारण उत्तरी तथा पूर्वी युरोपमा यसको झोल लामो समय देखि प्रचलित रहेको छ । यसमा २५५ सम्म् प्रोटिन हुन्छ त्यसैले यो शाकाहरीहरूको लागि अति उत्तम भोजन हो । यो अति मुल्यवान गउडा चीज र यार्ग मा स्वादको लागि प्रयोग गरिन्छ मानिस वा पशुको हातखुट्टा भाँचिएमा सिस्नुको लेपन लगाएर काम्रो बाँध्ने चलन विद्यमान छ । सिस्नु खुवाउन थालेपछि चाँडो निको हुने हामीले देखेका भोगेका पनि छौँ । सिस्नु खाएर हुर्किएका बच्चाको हड्डी बलियो पनि हुन्छ ।

आउनुहोस्, आज हामीले सिस्नोको उपयोगिताको बारेमा जानौं ।

–सिस्नो को मुन्टालाई दानाका रूपमा खुवाएको कुखुराले तुलनात्मक रूपमा धेरै अन्डा पार्ने, मासु स्वादिलो हुने र अन्डासमेत गुणस्तरीय हुने देखिएको छ ।

–सिस्नो बाट तयार पारेको दाना खाएको कुखुराले साधारण दाना खाएको कुखुराले भन्दा दोब्बर बढी अन्डा दिने गरेको पनि अनुसन्धानबाट खुलेको छ ।

–सिस्नो खुवाएको बंगुरको तौल नखुवाएकोभन्दा धेरै भएको र मासुसमेत स्वस्थ रहेको पाइएको छ ।

–सिस्नो लाई दानाको रूपमा खुवाइएको गाईको दूधको परिमाण र दूधमा चिल्लो पदार्थको मात्रासमेत उल्लेख्य वृद्धि हुने गरेको अनुसन्धानले प्रमाणित गरेको छ ।

–सिस्नो खाँदा हाडजोर्नीलगायतका शरीरका विभिन्न रोगको निदान हुने विश्वास छ । विभिन्न आयुर्वेदिक जडीबुटीसम्बन्धी पुस्तकअनुसार सिस्नोमा प्रशस्त मात्रामा आइरन हुन्छ । यसले गर्भवती महिला तथा बालबालिकालाई राम्रो गर्छ ।

सिस्नो पकाउन तरिका–

पात वा मुना कलेक्सन गरेर सफा गर्ने । पातको मात्राअनुसार सिस्नो पानीमा उमाल्दै पकाउने । सिस्नो पकाउँदा फिट्केले फिट्दै उमाल्दै पकाउने । मुना वा सिस्नो राम्रोसँग नपाकेसम्म निरन्तर फिटिराख्दा राम्रो हुन्छ । सो घोल अलि बाक्लो सुपजस्तो भएपछि त्यसलाई सेवन गर्न सकिन्छ ।

सिस्नोको मुना र फूललाई तरकारीको रूपमा पकाउन सकिन्छ । यसलाई आफूलाई मनपरेको अन्य तरकारीसँग मिसाएर खान सकिन्छ ।
सिस्नोको पिठो अहिले बजारमा सजिलै पाउन सकिन्छ । त्यस्तै, पिठो दाल पकाउँदा मिसाएर पनि सेवन गर्न सकिन्छ ।
वनपाखामा पाइने भएकाले पात र मुना खाँदा सरसफाइमा भने ध्यान दिनुपर्छ । यसलाई आगोको धुवाँ लगाएर किरा फट्यांग्रा हटाउने चलन पनि छ ।

प्रतिक्रिया दिनुहोस्