वि. स. ०७७ सम्ममा सरदर ७३ पुर्याउने राष्ट्रिय योजना आयोगको लक्ष्य



०८ कार्तिक २०७५, काठमाडौं

राष्ट्रिय योजना आयोगले वि.स. २०७७ सम्ममा नेपालीहरुको सरदर आयु ७३ वर्ष पुर्याउने लक्ष्य लिएको छ । आयोगले हाल रहेको ७२ को सरदर आयुलाई बढाएर ७३ पुर्याउने लक्ष्य राखेको हो ।

पछिल्लो समय नेपालले नवजातशिशु, बालस्वास्थ्य, तथा मातृस्वास्थ्य सुरक्षा तथा आयुमा उल्लेख्य प्रगति गरेको कारण आयु बढाउन पनि सजिलै सकिने बताईएको छ ।
संविधानले आधारभूत स्वास्थ्य सेवालाई मौलिक हकभित्र राखेको छ । प्रतिबेदनमा स्वास्थ्य संस्थामार्फत प्रसुती गराउने महिलाहरुको संख्यामा पनि बृद्धि गरि ५७ बाट ७२ पुर्याउने लक्ष्य राखेको छ । त्यसैगरि सिपयुक्त स्वास्थ्यकर्मिको संख्या पनि ५८ बाट बढाएर ७२ पुर्याउने प्रतिबेदनमा उल्लेख छ ।

नेपालमा शिशु तथा प्रसुती सेवा निशुल्क छ । त्यस्तै एचआईभी नयाँ संक्रमित विरामीहरुकोे हालको संख्या ८०९ बाट घटाएर ७१० मा ल्याउने पनि प्रतिबेदनमा उल्लेख रहेको छ । पहिचान हुने र उपचारको लागि छानिने विरामीहरुको उपचार ९० प्रतिशत सफल बनाउने पनि प्रतिबेदनमा उल्लेख गरिएको छ ।

राष्ट्रिय आयोगको मध्यकालिन खर्च प्रतिबेदनमा सो लक्ष्यहरुलाई जोड दिईएको छ । प्रतिबेदनले स्वास्थ्य नीति तथा बिमा ऐनलाई प्रभावकारी ढंगबाट अघि बढाईने योजनाले औंल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्