आईसीसीको ट्रफी नेपाल ल्याईँदै



०८ कार्तिक २०७५, काठमाडौं

आगामी वर्ष ईङ्ग्ल्याण्ड र वेल्सले संयुक्त रुपमा आयोजना गर्ने अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व कपको ट्रफी शुक्रबार नेपाल ल्याईने भएको छ ।

आईसीसीकी नेपाल प्रतिनिधि भावना घिमिरेका अनुसार ट्रफी नेपालमा चार दिन रहने गरि शुक्रबार नेपाल आईपुग्ने छ ।
ट्रफी नेपालमा रहँदा काठमाडौंका प्रमुख स्थानहरु स्वायम्भु, चन्द्रागिरी तथा पोखराजस्ता स्थानहरुमा लगिने बताईएको छ । सो ट्रफीलाई चन्द्रागिरी प्रदर्शनीका लागि राखिने छ । त्यस्तै आईतबार प्रधानमन्त्रीलाई देखाईने पनि घिमिरेले बताईन् ।

नेपालले एकदिवसीयको मान्यता पाएको अवसरमा ट्रफी नेपाल ल्याउन लागिएको हो । विश्वकपको ट्रफी निशान कम्पनीको सहायताबाट विश्वभर प्रदर्शनमा ल्याईँदै छ ।

प्रतिक्रिया दिनुहोस्