सिन्धुलीगढी जिर्णाेद्धार एवम् पुनर्निर्माण गुरुयोजना हस्तान्तरण (भिडियो सहित)



०७ कार्तिक २०७५, काठमाडौं

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले एक कार्यक्रमकाबीच प्रेस विज्ञप्ती जारी गर्दै कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रीलाई सिन्धुलीगढी पुनर्निर्माण गुरुयोजना हस्तान्तरण गरेका छन् ।

सिन्धुली गढी जिर्णाेद्धार एवम् पुनर्निर्माण गुरुयोजना सम्बन्धीत पक्षसँग छलफल गरि तयार पारिएको प्रेस विज्ञप्तिमा जनाईएको छ ।

कार्यक्रममा अध्यक्ष भट्टले, ‘सिन्धुली गढी घुमेर हेर्दा सुन्तलीमाई कतिमा राम्रो दरबार भन्ने गीत सुनेर सिन्धुलीगढी घुम्न पुग्दा दरबारै नरहेकाले गढी पुनर्निर्माण कार्यलाई ढिलोमा २ वर्ष भित्रै सम्पन्न गर्ने बताएका थिए ।

सिन्धुलीगढी जिर्णाेद्धार एवम् पुनर्निर्माणको गुरुयोजना हस्तान्तरणको भिडियो :

कमलामाई नगरपालिकाका नगर प्रमुख खत्री भन्छन्, ‘यस्तो अवसर सधैंभरी सबैलाई आउँदैन, आएको अवसरलाई गैर आवासीय नेपाली संघले सहीरुपमा लागू गर्नुपर्छ ।’

कुल १६ करोड लागत मध्ये नगरपालिकाले १० करोड रुपैंया जम्मा गर्न तयार रहेको समेत उनले जनाए ।

  

 

प्रतिक्रिया दिनुहोस्