नेचासल्यानमा सर्वाधिक राशीको पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुँदै



०७ कार्तिक २०७५, काठमाडौं

सोलुखुम्बुको नेचासल्यान गाँउपालिकामा सर्वाधिक राशीसहितको खुल्ला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।

‘आन्तारिक पर्यटक प्रवद्र्धनका लागि खेलकुद’ भन्ने मुल नाराका साथ हुन लागेको खुल्ला फुटबल प्रतियोगिता ११ कार्तिकबाट १६ कार्तिकसम्म चल्ने छ । नेचासल्यान गाँउपलिकाको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन सत्रमा प्रदेशका विशिष्टकृत व्यत्तित्वहरुको आगमन हुने आयोजकले जनाएको छ ।

सोलुखुम्बु जिल्लामा खेलकुद गतिविधि घट्दै गएको अवस्थालाई एक चोटी नयाँ रुप दिन नेचासल्यान गाँउपालिकाले प्रयास गरेको खेलका संयोजक राजनकुमार राईले जानकारी दिए । प्रतियोगितामा २५ टिम भन्दा बढिको सहभागिता रहने आयोजकको दावी रहेको छ । खेलमा रेफ्री अखिल नेपाल फुटबल संघ (एन्फा) बाट आउने पनि संयोजक राईले बताएका छन् ।

प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय तथा सान्त्वना हुुने टिमलाई ट्रफी, मेडल तथा प्रमाणपत्रको साथमा क्रमस नगद १ लाख, ७० हजार, ४० हजार तथा २० हजार दिईने अयोजकले जनाएको छ ।

प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्नका लागि ८० प्रतिशत काम सम्पन्न भईसकेको संयोजक राईको भनाई छ । गाँउपालिकाले सबै संघसस्था, समुह तथा टिमहरुलाई खेलमा उपस्थित हुन चुलेनिम्तो गरेको छ ।

प्रतिक्रिया दिनुहोस्