गर्भावस्थामा यौन सम्पर्क कसरी गर्ने ? पढ्नुहोस् ।



०७ कार्तिक २०७५, काठमाडौं

महिलाको एक जटिल अवस्था हो गर्भावस्था , जुन अवस्थालाई सन्तान उत्पादनको विन्दु पनि भनिन्छ । हुन त महिलालाई सृष्टिकर्ताको उपमा दिईएको छ । त्यसो त त्यहाँ पुरुषको पनि उत्तिनै भूमिका रहेको हुन्छ ।

यौन जीवित प्राणीका लागि एक आधारभूत आवश्यक्ता हो । यो बाट अछुत कोही पनि रहन सक्दैनन् । उनीहरुलाई जत्तिखेर पनि यौनको आवश्यक्ता पर्न सक्छ । यानकी जुन अबस्थामा पनि सुरक्षित तथा सही किसिमले यौन सम्पर्क गर्न सक्छन् । तर, गर्भावस्थाको यौन सम्बन्धमा  धेरै कुरमा ध्यान दिनुपर्ने विज्ञहरु बताउँछन् ।

चिकित्सकहरुका अनुसार वास्तवममा गर्भवती अवस्थामा पनि यौन सम्बन्ध राख्न सकिन्छ, तर त्यो पेटमा भार पर्ने वा बच्चालाई असर गर्ने स्तरमा हुनुहुँदैन् ।
गर्भावस्थामा यौन सम्बन्ध कसरी राख्न सकिन्छ र सुरक्षित आसनबारे चिकित्सकले दिएका केही टिप्स यसप्रकार छन् ।

–महिला गर्भवती भएको बेलमा पुरुष र महिला एकै दिशामा फर्केर यौन सम्पर्क गर्यो भने पेटमा भएको बच्चालाई कुनै दबाब नभई यौन सम्पर्क गनै सकिान्छ । र यस आसनबाट पुर्ण रुपमा सन्तुष्टि प्राप्त हुने कुरा विज्ञहरुको छ । र पेटको बच्चालाई असुविधा नहुने गरी पछाडीबाट अंगालो हालेर पुरुषले स्त्रीसँग सहवास गर्न सक्छ ।

–स्त्री गर्भवती भएको अवस्थामा यौन चाहाना पुरा गर्ने सबै भन्दा उत्तम माध्यम हो मुख मैथुन । हुन त यो पूर्ण यौन सम्बन्ध होइन तर यसले पनि यौन चाहानालाई शान्त पार्न भने सकिन्छ । यद्यपी यसो गर्दा स्त्रीको योनीमा रगत आउने गरी गर्नु हुँदैन यसले गर्भलाई जटिल अवस्थामा पुर्याउन सक्छ ।

–महिला पुरुषमाथि चढ्ने आसन पनि गर्भवती अवस्थाम यौन सम्बन्ध राख्ने सुरक्षित तरिका हो । यसमा पेटमा भार नपर्ने गरी यौन क्रिडा गर्न सकिन्छ । स्वान आसन यो आसनमा गर्भवती महिला ओच्छ्यानमा घुँडा टेकेर शरीरमा सन्तुलन राख्छिन् भने महिलाको पेटमा असर नपर्ने गरी पछाडीबाट यौन क्रिडा गर्छन् ।

–गर्भावस्थाको एक उत्तम यौन सम्पर्क विधि भनेको कैंची बसाइको यौन सम्पर्क हो । यो आसनमा महिला ओच्छ्यान वा टेवुलको छेउँमा खुट्टा फराकिलो पारेर बस्छिन् अनि पुरुषले कुनै दवाव पैदा नगरी यौन क्रिडा गर्छन् । यसो गर्दा उनीहरुको आकार कैँची जस्तै देखिन्छ । महिलाका खुट्टाले पुरुषको शरीरलाई धेरै चल्न र दवाव पैदा गर्न दिँदैनन् ।

–पुरुष तल बसेर र महिला पुरुषको काखमा बसेर गर्ने यौन सम्पर्क पनि गर्भावस्थाको एक सुरक्षित तरिका मानिन्छ । यो आसनमा पनि दवाव पैदा नगरी पुरुषले पछाडीबाट यौन क्रिडा गर्छन् ।

यसरी यौनसम्पर्क गर्दा पेटमा रहेको बच्चा र गर्भवती आमालाई कुनै असर गर्दैन् । चिकित्सकका अनुसार यस्तो बेला संयमता पूर्वक यौनसम्पर्क गर्दा जीवनकै उच्च सन्तुष्टि प्राप्त गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्