गाँजाखेती नष्ट



०७ कार्तिक २०७५, इनरुवा

सुनसरी जिल्ला प्रहरी कार्यालयले मङ्गलबारदेखि गाँजाखेती नष्ट गर्न थालेको छ ।सुनसरीमा व्यापक रूपमा गाँजाखेती भइरहेको सूचनाका अधारमा उक्त खेती नष्ट गरिएकोे प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद फुँयालले जानकारी दिनुभयो ।

सीमा प्रहरी चौकी भाण्टाबारीबाट गएको प्रहरी टोलीले मङ्लबार कोशी गाउँपालिका–४ खत्वे र ७ मा रहेको मेहतामा लुकाइछिपाइ लगाएको १५० बढी गाँजा बोट काटेर नष्ट गरेको र   गाँजाखेती, उत्पादन, खरिदबिक्री तथा ओसारपसार गर्नेलाई कानूनबमोजिम कारवाही गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्