गाउँपालिकाको प्रशासनिक भवन निर्माण



०७ कार्तिक २०७५, नवलपरासी/पुरुषोत्तम सुवेदी

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको  प्रशासनिक भवन निर्माण गर्न थालिएको छ । रु आठ करोड ३५ लाखको लागतमा आगामी दुई वर्षभित्र सो भवन निमार्ण गरिने लक्ष्य रहेको  गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताउनुभयो ।

भैरहवास्थित प्राकृतिक निर्माण सेवाले ठेक्का लिएको सो भवनमा ४८ वटा  कोठा हुने प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले जानकारी दिनुभयो ।

विद्यालयलाई जापानको सहयोग

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–६ मा रहेको भाग्योदय आधारभूत विद्यालयमा  जापानस्थित गैरे सेवा समाजले अक्षयकोष स्थापनाका लागि रु एक लाख ५० हजार सहयोग गरेको छ ।

समाजका वरिष्ठ उपाध्यक्ष डिलाराम गैरेले गरीब तथा विपन्न परिवारका विद्यार्थी पढ्दै आएको उक्त विद्यालयलाई सहयोग गर्न पाएकामा आफूहरू हर्षित भएको बताउनुभयो । बागलुङ जिल्लाको गल्कोटबाट विसं २०६८ देखि ‘मानव सेवा नै धर्म हो’ भन्ने मूलमन्त्र लिएर उक्त संस्थाले सेवा गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्