कपिल शर्माको विवाह डिसेम्बर १२ मा हुने



बलिउडका जोडी दीपिका पादुकोण र रणबीर सिंहपछि अब हास्यकलाकार कपिल शर्माले पनि आफ्नो विवाहको मिति सार्वजनिक गरेका छन् । आइएनएसको खबर अनुसार कपिलको डिसेम्बर १२ तारिखमा प्रेमिका गिन्नीको गृहनगर जालन्धरमा विवाह गर्दैछन् ।

कपिलले भनेका छन, ‘गिन्नी आफ्नो परिवारको एक्ली छोरी भएकाले उनकी आमा र गिन्नीको परिवारले विवाह भव्य रुपमा होस् भन्ने चाहना राखेको जानकारी दिए ।’

गिन्नीले कपिलसँगको आफ्नो सम्बन्धलाई सन् २०१३ मा घोषणा गरेकी थिइन् । यद्यपी विवाहको रिसेप्सन १४ डिसेम्बरमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्