बलिउड अभिनेत्री चित्रांगदाको खुलासा : सुटिङको क्रममा निर्माताले ‘आफ्नो सारी फुकाल र हिरोको माथी चढ’ भने



हाल बलिउडमा मी टू अभियान आगो झैं फैलिरहेको बेला बलिउड नायिका चित्रांगदा सिंहले पनि आफूमाथि सुटिङको बेला भएको दुर्व्यवहार बारे बताएकी छिन् ।

उनले सन् २०१६ मा ‘बाबुमोशाई बन्दुकबाज’ को सुटिङका बेला चलचित्रका निर्माता कुशन नंदीले दुःख दिएको बताएकी छिन् । सुटिङको क्रममा नंन्दीले चित्रांगदालाई, ‘आफ्नो सारी फुकाल, हिरोको माथी चढ र आफ्नो सरिर रगड ।’ भनेका थिए ।

त्यतिबेला जब चित्रांगदाले यसको विरोध गरिन्, नंदीले उनलाई तबसम्म सताइरहे जबसम्म उनी झुकिनन् ।

मिडिया रिपोर्टका अनुसार चित्रागदाले भनिन्, ‘जति म यो घटनालाई बिर्सिन खोज्छु, त्यति गाह्रो हुन्छ । यसको बारेमा मैले दुई वर्षअगाडि कुरा गरेकी थिएँ, त्यतिबेला मलाई मानिसहरुले पागल केटी समेत भनेका थिए ।’

उनको भनाइमा जबसम्म चलचित्र क्षेत्रमा महिलाहरुले शोषणको विरुद्धमा आवाज उठाउँदैनन्, तबसम्म उनीहरु माथि शोषण भइरहनेछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्