धनकुटामा स्वास्थ्य शिविर संचालन हुने



०५ कार्तिक २०७५, धनकुटा

धनकुटाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद राजेन्द्र राईले जिल्लामा स्वास्थ्य शिविर संचालन गर्ने भएका छन् । सोमबार धनकुटामा आयोजित अन्तरक्रिया कार्यक्रममा राईले शिविरको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिए । शिविर वास्तविक गरिव, असहाय र पँहुच विहिनहरुका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गर्ने भएकाले सवैले सहयोग गनु राईले अनुरोध समेत गरे ।

सो अवसरमा प्रदेश सभाका सांसदहरु लिला सुब्बा, कुसुम कुमारी श्रेष्ठ, धनकुटाका प्रमुख जिल्ला अधिकारी सिताराम कार्की, नेपाली सेनाको वरख गणका गणपती कर्णेल युवराज केसी, सशस्त्र प्रहरी बल ६ नम्वर गुल्मका गुल्मपती डि एस पी बालकृष्ण श्रेष्ठ, धनकुटा नगरपालिका वडा नं. ७ का वडाध्यक्ष जंग वहादुर राई लगायतले शिविर संचालन गर्न सवैले सहयोग गर्नु पर्नेमा जोड दिनुभयो ।

शिविर व्यवस्थापन तथा संचालन समितिका सहसंयोजक प्रकाश श्रेष्ठको अध्यक्षतमा भएको कार्यक्रममा सबै उपसमीतीले  आ आफ्नो समितिको काम र कार्य प्रगतीको विषयमा प्रस्तुत गरेका थिए । शिविर संचालनको तयारीको समग्र विषयमा सचिव विजय सन्तोषी राईले प्रस्तुत  गर्दै वृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा विशेषज्ञ अमेरिकन डाक्टरहरुद्वारा पितको पत्थरी, पाठेघर, हर्निया, हाईड्रोसिल, पायल्स, गाँठागुठीको शल्यक्रिया, दाँतको उपचार, कृतिम हात वितरण गरिने  वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्