संखुवासभामा ६ जना जुवाडे पक्राउ



०५ कार्तिक २०७५, संखुवासभामा

संखुवासभामा जुवा खेल्ने क्रममा ६ जना पक्राउ परेका छन् । आइतबार खाँदबारी नगरपालिका ३ बाट कौडा र नगद सहित ६ जना जुवाडे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

पक्राउ पर्नेहरुमा खाँदबारी नगरपालिका ३ बस्ने ऋषि खनाल, सुमन कुमार गुरुङ, जयन्द्र राई, टेकराज घिमिरे, उमेश घिमिरे र मकालु गाउँपालिका वडा नं. ३ घर भई हाल खाँदबारी नगरपालिका ३ बस्ने किसोर राई रहेका छन् । जुवा खेली रहेको अवस्थामा उनीहरुबाट १६ थान कौडा नगद ४० हजार १ सय ९६ रुपैंया समेत बरामत गरिएको छ ।

उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्