प्रधानमन्त्रीसँग टीका लगाउन मन्त्री पण्डित परिवारसहित बालुवाटारमा



०३ कार्तिक २०७५, काठमाडौं

दसैंको विशेष दिन शुक्रबार स्वदेश तथा विदेशमा रहेका हिन्दूले अग्रजबाट टीका र आर्शीवाद ग्रहण गरे । यसका लागि राष्ट्रपति र प्रधानमन्त्रीले समेत मन्त्रीदेखि सर्वसाधारणसम्मलाई टीका लगाइदिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा टीका लगाएर आर्शीवाद दिइन् भने प्रधानमन्त्रीले सरकारी निवास बालुवाटारमै टीका लगाइदिए । यसै क्रममा नेकपाका चर्चित नेता एवम् सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित परिवारसहित बालुवाटार पुगे ।

प्रतिक्रिया दिनुहोस्