नेपाली कलाकारहरुको दशैं टिका (फोटो फिचर)



०३ कार्तिक २०७५, काठमाडौं

दशैको टिका जमरामा देशभर उल्लांसका साथ रमाउँदा सेलिब्रेटि कलाकारहरुले पनि पारिवारिक जमघटमा निकै रमाए । चर्चित हास्य कलाकार हरिवंश आचार्यले परिवारसँग टिका लगाएर परिवारका साथ रमाइलो गरे । यता सिताराम कट्टेल, कुञ्जना घिमिरे र केदार घिमिरेले पनि टिकाका साथ रमाइलो गरे ।

केही समय संगै बस्न थालेका प्रियंका कार्की र आयुष्मान देशराज जोशीसंगै टिका थापिन् । उनकै भनाईका छिटै विवाहको तयारीले पहिलो पटक सगैं टिका लगाए । अभिनेत्री कार्कीले यसपाली हुनेवाला श्रीमानसँग टिका थापेकी छिन् । अभिनेतासमेत रहेका देशराज जोशीसँग उनले आफ्ना आमाबुबाको हातबाट टिका थापेको तस्विर फेसबुकमा अपलोड गरेकी छिन् ।

त्यसै गरि अभिनेत्री रेखा थापाले समेत टिको लगाउँदै सामाजिक सञ्जालमा फोटो राखिन । तेस्रो पुस्ताकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह आफ्ना समकक्षीभन्दा एक कदम अघि छिन् । उनले रातो कुर्तामा रातै टिका र जमरा लगाएको तस्विर फेसबुकमा राखेकी छिन् । धुर्मुस सुन्तली अर्थात सीताराम कट्टेल, कुञ्जना घिमिरेले तस्विर फेसबुकमा अपलोड गर्ने गरेका छन् ।

उनीहरुले यसपाली आफ्ना जोडीको मात्र होइन, छोरी र समग्र परिवारकै तस्विर पोस्ट गर्दै फेसबुकलाई दशैंमय बनाइदिएका छन् । सीताराम दौरा सुरुवाल र टोपीमा देखिएका छन् । कुञ्जना रातो कुर्तामा निकै खुलेकी छिन् । अहिलेका सर्वाधिक व्यस्त गायिका मेलिना राई राई टिका थाप्दै गरेको तस्विर पोस्ट गरेकी छिन् । मेलिनाले सेतो टिका लगाएकी छिन् ।

वर्षा सिवाकोटीले पनि दशैं तस्विर पोस्ट गरेकी छैनन् । वर्षाले थरीथरीका पोजमा तस्विर अपलोड गरेकी छिन् । कलाकार हरिवंश आचार्यले श्रीमती रमिला, छोरो मोहितबंश र बुहारीसहितको तस्विर पोस्ट गरेका छन् । कलाकार दिनेश डिसीले भने प्रधानमन्त्री केपी शर्मा ओलीसँग टीका ग्रहण गरे । परिवारको टीका सकेर अपरान्ह डिसी प्रधानमन्त्री ओलीसँग टीका थाप्न बालुवाटार पुगेका थिए ।

         

प्रतिक्रिया दिनुहोस्