बुवाको हातबाट प्रधामन्त्री ओलीले गरे टीका ग्रहण (भिडियो सहित)



०३ कार्तिक २०७५, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बुवा मोहनप्रसाद ओलीको हातबाट दशैंको टीका ग्रहण गरेका छन् । बुवासँग टीका लगाउनुअघि उनले पुरोहितको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरुप टीका र जमरा ग्रहण गरेका थिए ।

टीका ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले श्रीमती तथा आफन्तजनलाई टीका लगाइदिनुका साथै बालुवाटार पुगेका पत्रकारहरु, कार्यकर्ता र शुभचिन्तकलाई पनि टीका र जमरा लगाई दक्षिणा दिएका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा वडा दशैं टिकाटालोको भिडियो:

प्रतिक्रिया दिनुहोस्