दशैंमा टिका लगाउँदा जान्नैपर्ने मूलमन्त्र (भिडियो सहित)



आयु द्रोणसुते श्रियं दशरथे
शत्रु क्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने
मानं च दुर्योधने ।।
दानं सूर्यसुते बलं हलधरे
सत्यं च कुन्तीसुते ।
सज्ञाने विदुरे भवन्तु भवताम्
कीर्तिश्च नारायणे।।

पुरुषहरुका लागि दशैंको टिका मन्त्र

तपाईंलाई द्रोणपुत्र अश्वत्थामाको जस्तो आयु होस्। दशरथको जस्तो यश प्राप्त होस् । रामको जस्तो शत्रुविनाश गर्ने शक्ति पैदा होस्। नहुषको जस्तो ऐश्वर्य भोग गर्ने भाग्य बनोस्। वायुको जस्तो गति रहोस्।दुर्योधनको जस्तो मान सम्मान प्राप्त होस्। कर्णको जस्तो दान गर्ने शक्ति प्राप्त होस्। बलरामको जस्तो अपराजित बल होस्। युधिष्ठिरको जस्तो सत्यता रहोस्। विदुरको जस्तो विशिष्ट ज्ञान होस् र नारायणको जस्तो प्रसिद्दी र कीर्ति प्राप्त होओस् ।

महिलाहरुका लागि दशैंको टिका मन्त्र

ॐ जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दर्गा क्षमा शिवा धात्री स्वहा स्वधा नमोस्तु ते ।।

प्रतिक्रिया दिनुहोस्