
३१ असोज २०७५, काठमाडौं
मुलुकमा पछिल्लो पटक किशोरीहरु माथि भएको बिभिन्न हिंसाका घटनाबाट किशोरीहरुलाई जोगाउनको लागि लगातार जस्तो आत्मरक्षा र अन्य तालिमहरु स्थानीय स्तरमा सञ्चालन भैराखेको छ ।
देवचुली नगरपालिका जागृति बाल तथा युवा सरोकार नेपालद्वारा कन्नालानको सहयोगमा सञ्चालन गरिराखेको किशोरी शसक्तिकरण कार्यक्रमका ३० जना किशोरीहरुले भने चाडपर्वको बेलामा अझै धेरै जोखीम हुन सक्ने भन्दै देवचुली न.पा. १६ का किशोरीहरुलाई तालिम सञ्चालन गरेका छन् ।

हिंसा अझै चाडपर्वको बेलामा हुन सक्ने भएकोेले कसरी सुरक्षित हुने, महिनावारीको बेलामा ध्यान दिनुपर्ने कुराहरु के के हुन ? समाजमा किशोरीहरुको अवस्था कस्तो रहेको छ भन्ने बारेमा समेत जानकारी दिनको लागि तालिम सञ्चालन गरेको कुरा किशोरी अभियन्ता सपना पौडेल बताउनुहुन्छ ।
आजको उक्त कार्यक्रममा वडास्तरीय बाल सञ्जाल, बालक्लव, विद्यालयमा अध्ययनरत किशोरीहरुको प्रतिनिधिहरुलाई सञ्चालन गरेको र अव दशै विदा पश्चात विद्यालयका सवै किशोरीहरुलाई उक्त तालिम सञ्चालन गर्ने कुरा अर्की अभियन्ता प्रिति भुसाल बताउनुहुुन्छ ।

आफ्नै उमेर समुहका किशोरीहरुलाई तालिम दिँदा प्रभावकारी समेत हुने भएकोले यसरी ३० जना किशोरीलाई बिभिन्न विषयको तालिमहरु प्रदान गरि उनीहरुको मार्फतबाट समुदाय र विद्यालयस्तरमा यस्ता कार्यक्रमहरुको आयोजना गरिएको जागृति बाल तथा युवा सरोकार नेपालका कार्यक्रम संयोजक दिपक शर्माले बताउनुभयो ।
आजको कार्यक्रममा ३० भन्दा बढी किशोरीहरुलाई आत्मसुरक्षाको बारेमा सैद्धान्तिक र प्राक्टीकल विषयवस्तुहरु सहीत तालिम सञ्चालन गरिएको थियो ।





