भारतको बिहारमा १० हजार बराबरको रक्सी मुसाले पिएपछि…



भारतको बिहारको कैमूर जिल्लामा मुसाले रक्सी पिएको घटना सार्वजनिक भएको छ ।

नष्ट गर्न भनेर राखिएको रक्सी मुसाले खाएको प्रहरी अधिकारीहरुले बताएका छन् । कैमूरको एउटा गोदाममा सन् २०१६ देखि अहिलेसम्म जफत गरिएको रक्सी राखिएको थियो । सोमबार जफत गरिएको रक्सी नष्ट गर्ने कार्यक्रम थियो ।

नष्ट गर्ने बेलामा जब हिसाबकिताब भयो १० हजार रुपैयाँको अन्तर पाइयो । त्यसपछि मात्रै थाहा भयो कि १० हजार बराबरको रक्सी मुसाले पिएका रहेछन् ।

प्रतिक्रिया दिनुहोस्