
अहिले अभिनेत्रीहरुले चर्चामा आउनको लागी अपनाउने एउटा फन्डा बनेको छ विकिनी अवतार । बलिउड होस् या कलिउड हरेक अभिनेत्रीहरुले चर्चामा आउनको लागी केही न केही फन्डा गरिरहेकै हुन्छन् ।
हलिउड/बलिउडमा विकिनी अवतारलाई सामान्य मानिए पनि नेपालमा भने यसलाई अझै नेपाली समाजले पचाईसकेको अवस्था छैन । केहि समय अगाडी नायिका प्रियंका कार्कीले स्वीम सुट लगाएको फोटो आफ्नो इन्ट्राग्राम एकाउन्टमा फोटो शेयर गरेकी थिईन् जसको सामाजिक संजालमा धेरै नै चर्चा भएको थियो अहिलेकी चल्तीकी नायिका स्वस्तिामाले पनि उस्तै स्वरुपको फोटो आफ्नो इन्स्टाग्राम एकाउन्टमा सेयर गरेकी छिन् ।

फोटोमा स्वस्तिमा निकै सिल्म र राम्री देखिएकी छिन् । अव आउने दिनमा उनको सिल्म फिगरको राम्रो तथा नराम्रो चर्चा के हुने हो त्यो भने हेर्न बाँकी छ ।





