विजया दशमीको अवसरमा बूढानीलकण्ठ १० को चियापान कार्यक्रम सम्पन्न (फोटो फिचर)



२८ असोज २०७५, काठमाडौं

बूढानीलकण्ठ १० ले आयोजना गरेको विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत् ११३९, छठ, ल्होसार २०७५ को चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम आफ्नै सभाहलमा सम्पन्न भएको छ ।

बूनपा नगरप्रमुख उद्धव प्रसाद खरेलको प्रमुख आतिथ्यतारहेको कार्यक्रममा प्रशासकिय अधिकृत प्रदिप पौडेल, वडा नं ११ का वडाध्यक्ष राजु अधिकारी, विभिन्न वडा सदस्यहरु, स्थानीय नेताहरु, समाजसेवी लगायत अन्य विशिष्ठ व्यक्तिहरुको समेत बाक्लो उपस्थिती रहेको थियो ।

वडा नं १० का वडाध्यक्ष नवराज भट्टराईको अध्यक्षतामा भएको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम वडा सचिब नबिन्द्र तामाङ्गले संचालन गरेका थिए भने स्वागत मन्तव्य वडा सदस्य दीलकुमारी विकले राखेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्