
२८ असोज २०७५, काठमाडौं
बूढानीलकण्ठ ११ ले आयोजना गरेको विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत् ११३९, छठ, ल्होसार २०७५ को चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम ११ नं वडाको सभाहलमा सम्पन्न भएको छ ।


बूनपा नगरप्रमुख उद्धव प्रसाद खरेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रशासकिय अधिकृत प्रदिप पौडेल, विभिन्न वडाका वडा सदस्यहरु, स्थानीय नेताहरु, विशिष्ठ व्यक्तिहरु लगायत अन्य समाजसेवीहरुको समेत बाक्लो उपस्थिती रहेको थियो ।

वडा नं ११ का वडाध्यक्ष राजु अधिकारीको अध्यक्षतामा सम्पन्न भएको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा भगवती निरौलाले स्वागत मन्तव्य राखेकी थिईन् भने कार्यक्रमको संचालन रमा बिकले गरेकी थिईन् ।








