यौन मनोवैज्ञानिक फ्रायडका यौन मनोविश्लेषण



२७ असोज २०७५, काठमाडौं

यौनबाट कोही पनि अछुत रहन सक्दैनन् । यही सम्बन्धबाट जन्मिन्छन् सानो बालकहरु, अनि विकास हुन्छन् त्यहीँ बाट सबै मानिसहरु । पुरुष र महिला बिच हुने आकर्षण पनि यौनकै पाटो हो ।  हाम्रो समाजमा यौनलाई राम्रो रुपमा लिँइदैन । त्यसैलै प्रत्येक मानिसहरुले यौन भावनालाई दबाईरहेको हुन्छ । धेरै मात्रामा दबाएको यौन भावना बिस्फोट भएर बलत्कारको घटना भइरहेको छ । नेपालमा वलात्कारका घटनाहरु झन झन बढ्न थालेका छन् ।

बिदेशतिर बलात्कारका घटनाहरु त्यती सुन्नमा आउँदैन, किनभने उनीहरुलाई प्रत्येक चिजमा स्वतन्त्रता हुन्छ । यौनकै कुरा गर्यो भने पनि त्यहाँ रोकतोक हुँदैन । लुकेर यौनसम्पर्क गर्नुपर्ने बाध्यता त्यहाँ हुँदैन ।

त्यसैले उनीहरु यस्ता क्रियाकलापहरु बाट धेरै टाढा हटिसकेका छन् । यौन एक मनोवैज्ञानिक समस्या हो, मनलाई परिवर्तन गरी यौन इच्छा बढाउन र घटाउन सकिन्छ । यौनलाई अत्यन्त गोप्य राख्दा अनेकौ समस्याहरु शरिरमा देखिने गर्छ । यौन समस्या पुरुष र महिला दुवैमा आउछ, उपचार गरेमा यौन रोग निको हुन्छ ।

यौनसँग सम्बन्धित केही मनोविज्ञानहरु यहाँ प्रस्तु छन् ।

प्रसिद्ध मनोवैज्ञानिक फ्रायडका अनुसार मानिसको हरेक गतिविधि यौनवाट संचालित हुन्छ ।

–यौनअंग र यसका कामहरुबारे धेरैलाइ जानकारी छैन तसर्थ जानकारी लिने गर्नुपर्दछ ।

–यौनवारे सम्झना गरिरहदा मानिसको मनको धेरै तनाव आफै ठिक हुन्छ ।

–महिलामा १२, १३ बर्षमा र पुरुषमा १४, १५ बर्षमा यौन अंगको विकाश हुन्छ ।

–महिलामा यौन चाहना महिनावारीको चक्र अनुसार परिवर्तन भइरहन्छ तर पुरुषमा त्यस्तो हुदैन । जति बेला पनि चाहना घट्ने वा बढ्ने हुनसक्छ ।

–मानिसमा यौन चाहना उत्तेजनाबाट सुरु हुन्छ । मनमा सोचाइ लिंदा,सिनेमाका दृश्य सम्झदा यौन चाहना बढ्दछ र तत्काल यौन सम्पर्क गर्न सक्षम हुन्छन्।

–यौनवारे जानकारी नहुँदा वा असुरक्षित यौन सम्पर्क गर्दा कतिपय मानिस एड्स,हेपाटाइटिस बी जस्ता रोगबाट पीडित हुन पुग्छन । त्यसैले सुरक्षित यौन सम्पर्क गर्नु आवश्यक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्