विजया दशमीको अवसरमा कान्ति साँस्कृतिक केन्द्रको सांस्कृतिक कार्यक्रम सम्पन्न (फोटो फिचर)



२७ असोज २०७५, काठमाडौं

विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत् ११३९, छठ, ल्होसार २०७५ र कान्ति सांस्कृतिक केन्द्र ५० औं वर्षमा प्रवेश गरेको अवसरमा केन्द्रले वृहत सांस्कृतिक, चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य माननीय दीपक निरौला, काठमाडौं महानगरपालिका वडा नं. २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठ, वडा नं. ३ का वडाध्यक्ष दीपक केसी, बाल अधिकारकर्मी प्रदिप डंगोल लगायत स्थानीय समाजसेवी बुद्धिजीविहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा उत्कृष्ठ प्रतिभा प्रदर्शन गर्ने सहभागीहरुलाई प्रदेश सांसद दीपक निरौलाले पुरस्कार तथा प्रमाणपत्र समेत वितरण गरेका थिए ।

चन्दन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा सचित नेपालले संचालन र समिर हमालले स्वागत गरेका थिए ।     

 

प्रतिक्रिया दिनुहोस्