
२६ असोज २०७५, काठमाडौं
सहकार्य नै सहकारीको उद्देश्य भएको र आर्थिक बिकासका लागि सहकारीको भुमिका महत्वपुर्ण हुने बताइएको छ ।
बृहत उर्बर बचत तथा ऋण सहकारी सस्था लिमिटेडको छैठौ साधारणमा टोखा नगरनगरपालिकाका मेयर प्रकाश अधिकारीले सहकारी पनि आर्थिक बिकासका लागि महत्वपुर्ण रहेको बताएका छन । सो सहकारीका अध्यक्ष भगवान केसीको अध्यक्षतामा भएको साधारणसभामा मेयर अधिकारीले बिकासका लागि आफनो नगरपालिकाले महत्वपुर्ण काम गरेको जनाएका छन ।
उनले टोखा नगरपालिकाले २० भन्दा बढी ऐन नियम बनाइसकेको जानकारी गराउदै अब टोखामा बिस्तारै बिकास भएको अनुभुति नागरिकमा हुने दाबी पनि गरेका छन ।
साधारणसभामा राष्टिय सहकारी बैकका ज्ञानबहादुर तामाङ, बरिष्ठ पत्रकार एवं धापासी बुद्धिजिबी समाजका अध्यक्ष टंक पन्त , सहकारीका सचिब भगवती गौतम , जिल्ला सहकारी सघ सयोजक सत्यनारायण डंगोल, संचालक सदस्य गणेशमान श्रेष्ठ, कोषाध्यक्ष रामकाजी डंगोल लगायतले बुहत उर्बर सहकारीले टोखाको धेरै क्षेत्रलाई प्रभाबकारी रुपमा समेटेको , नागरिकमा पनि सो सहकारी प्रति बिश्वास बढेको उल्लेख गरेका छन । सो साधाणसभाले अध्यक्ष र कोषाध्यक्षको प्रतिबेदनलाई सर्बसम्मत रुपमा पारित गरेको छ ।
त्यसै गरी दीप दर्शन बचत तथा ऋण सहकारी सस्थाको सातौ साधारणसभामा सहकारी क्षेत्रका बिज्ञहरुले गाउ गाउ र टोल टोलमा स्थापित सहकारीले ग्रामीण तहमा लगानी गर्न सहज भएको र आबश्यक पर्दा सहयोग लिन पनि सहज भएको बताएका छन ।
सहकारी बिज्ञहरुले कतिपय सहकारीले गर्ने बेइमानीका कारण राम्रो गर्नेलाई पनि असर परेकोले गलत गर्नेलाई बिना मुलाहिजा कारबाही गर्नुपर्ने कुरामा जोड दिएका छन ।
दी दर्शन सहकारीका अध्यक्ष नीरकुमार मोक्तानको अध्यक्षतामा भएको साधारणसभाले अध्यक्ष र कोषाध्यक्षको प्रतिबेदन पारित गरेको छ । टोखा नगरपालिका बडा ६ का बडाध्यक्ष महेश्वर केसी , सहकारीका प्रमुख सल्लाहकार ज्ञानबबहादुर तामाङ, बरिष्ठ पत्रकार धापासी बुद्धिजीबबी समाजका अध्यक्ष टंक पन्त , सो सरकारीका उपाध्यक्ष ध्रुबबन्धु अर्याल, टोखा नगरपालिकामा सहकारी हेर्ने कमला कार्की, लेखा संयोजक सुदेश रेग्मी, सल्लाहकार बासु रेग्मी , संचालक समितिका चन्द्रबहादुर भारती लगायतको बिशेष उपस्थितिमा भएको साधारणसभाले आगामी रणनीति तथा योजना पनि बनाएको छ ।





