
२६ असोज २०७५, काठमाडौं
बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ स्थित एक स्थानीयको जग्गा भाडामा लिई सोलु जिल्ला घर बताउने पेमिला राईले टिनको टहरामा अबैध घरेलु मदिरा उत्पादन तथा बिक्री बितरण गरेकोमा वडा प्रतिनिधी, स्थानिय बासिन्दाहरुको रोहबरमा उक्त मदिरा सोही स्थानमा पोखी नष्ट गरिएको छ ।

प्रहरीलाई प्राप्त गोप्य सुचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट प्रहरी निरीक्षक मिन बहादुर कुँवर सहितको प्रहरी टोलिले चेक जाँच गर्दा १७०० लिटर तयारी मदिरा, ३७०० लिटर कच्चा पदार्थ, मदिरा बनाउन प्रयोग गरिएका प्लाष्टिक ड्रमहरु १३ थान तथा मदिरा बनाउने सिल्भरका भाडा ३ थान बरामद गरेको थियो ।

चाडबाड नजिकिदै जाँदा अवैध मदिराको सेवनले समाज तथा जनस्वास्थ्यमा निकै असर पुर्याउने भएकोले जो सुकैले तयार गरेका घरेलु मदिराजन्य पदार्थको विक्रि वितरण र उत्पादन नियन्त्रण गरिने प्रभाग प्रमुख मिन बहादुर कुँवरले परिवर्तन खबरलाई बताए ।





