बागलुङमा पूर्व शिक्षकबाट विद्यालयलाई १२ लाख सहयोग



२६ असोज २०७५, बागलुङ

जिल्लाको काठेखोला गाउँपालिका–८ लेखानीको एक विद्यालयलाई पूर्व शिक्षकले रु १२ लाख नगद सहयोग प्रदान गरेको छ ।

लेखानी माध्यामिक विद्यालय लेखानीका पूर्वशिक्षक लालकुमारप्रधान श्रेष्ठले विद्यालयलाई नगदसहितशैक्षिक सामग्री सहयोग गरेको हो । “आफूले अध्यापन गराएको विद्यालयको स्मरणसहित विद्यालयको उन्नति प्रगतिको कामना गर्दै विभिन्न शैक्षिक सामग्रीसहित नगद सहयोग गरेको छु”, श्रेष्ठले भनेका छन, “ विद्यालयलाई निरन्तर सहयोग गर्ने योजनामा छु ।”

श्रेष्ठले पटक–पटक गरेर विभिन्न शैक्षिक सामग्रीसहित रु १२ लाख नगद सहयोग गर्नुभएको विद्यालयका प्रअ खिमानन्द कँडेलले बताए । सहयोग हस्तान्तरणपछि पूर्व शिक्षक एवं सहयोगदाता श्रेष्ठले आफू जन्मेको ठाउँको विकास र शैक्षिक सुधारका लागि सक्दो सहयोग गरेको बताए । विद्यालय व्यवस्थापन व्यवस्थापन समितिका अध्यक्ष सूर्य कँडेलले भने, “उनले प्रदान गरेको सहयोग विद्यालयको गुणस्तरीय शिक्षा प्रदान गर्नमा उपयोग हुनेछ ।”

प्रतिक्रिया दिनुहोस्