नेपाल आइडलमा पहिलो पटक अमित बरालले इन्दिरा जोशीलाई रुवाए (भिडियो सहित)



२६ असोज २०७५, काठमाडौं

नेपाल आइडल प्रथम संस्करणको अपार सफलता पछि यसको दोस्रो संस्करण पनि सुरु भएर अहिले गाला राउण्ड चलिरहेको छ । आज सिजन २ गाला राउण्डको ५ अर्थात नेपाल आइडल सिजन २ को १९ औँ भाग निक्कै नै रमाइलो र त्यतिकै वियोगान्त बन्यो आज प्राय प्रफमरहरुले रेस्पेक्ट अर्थात ३ जना जजहरुको स्ट्यान्डीङ अभियशन पाए जुन निकै कम कन्टेस्टेन्टहरुले पाउँछन । नेपाल आइडलमा पाहुनाको रुपमा अथिति गेष्ट चर्चित गित सुन साईलीका गायक हेमन्त राणा उपस्थित थिए ।

सो निकै सौहार्दमा चलिरहेकै थियो प्रस्तुतिकै दौरानमा  अमित बराल २:५० बजे तिर झोला बोकेर स्टेजमा आए तब सम्म माहोल ठिकै थियो, जब उनले आफ्नो प्रस्तुति दिन सुरु गरे जज इन्दिरा भक्कानिदै रोईन र साथमा न्ह्यु बज्राचार्य पनि रोए अन्ततस् काली प्रशाद र हेमन्तका आँखा पनि रसाए । सबैको ध्यान गोल्डेन माइक बिजेता तिर भएपनि आज भने अमित बरालले सबैको नजर खिचे, उनै अमित नै थिए जो नेपाल आइडलको अडिशन हुनुभन्दा केहिसमय अघि विदेश झन्डै गईसकेका थिए ।

तर मुखैमा आएको आइडलमा किन ट्राइ नगर्ने भन्दै बरालले अडिसन दिए र जसले रोकियो उनको विदेश यात्रा । त्यहाँ पोखराका बिक्रम बरालको पनि कथा उस्तै छ उनि पनि विदेशको सुरसारमै थिए तर उनको बाटो पनि नेपाल आइडलले नै रोक्यो । धनगडी आइडलको उपमा पाएका रबि ओडको प्रस्तुति पनि कम्ति थिएन ओमबिक्रमको गित गाउँदै उनले पनि रेस्पेक्ट पाएका थिए, समग्रमा अहिलेसम्मका प्रस्तुति भन्दा आजको प्रस्तुति निक्कै रमाइलो र भावुक पनि थियो ।

प्रतिक्रिया दिनुहोस्