बेईमान व्युरोक्रेसी र गुणस्तरहिन नेतृत्वले देश विकास भएन : ढुङ्गेल



२५ असोज २०७५ काठमाण्डौ

बेईमान व्युरोक्रेसी र गुणस्तरहिन नेतृत्वले देश विकास नभएको राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुङ्गेलले आरोप लगाएका छन ।

युथ एड्भोकेसी नेपालले संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम  (युयनडिपी ) को सहकार्यमा आज काठमाण्डौको अनामनरमा आयोजित सम्पन्न भएको “दीगो विकास कार्यन्वयन, यसका चुनौती तथा आगामी वाटो” विषयक संवाद कार्यक्रममा उनले उक्त कुरा वताएका हुन । दीगो विकासको कार्यन्वयनको लागि दलहरु पारदर्सी र जवाफदेही वन्नु पर्नेमा ढुङ्गेलले जोड थियो । एक अर्को प्रसङ्गमा सार्वजानिक शिक्षाको सुदृढीकरण गर्दै अनुसन्धानमुलक शिक्षामा राज्यले जोड दिनु पर्ने वताए ।

दीगो विकासको प्रभावकारी कार्यन्वयनका लागि गरीवीको रेखामुनीरहेका, उपेक्षित तथा उत्पिडित मानिसहरुलाई प्राथामिकता दिनु पर्ने संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम  (युयनडिपी ) का प्रतिनिधि भास्कर काफ्ले वताए । दीगो विकासको आन्तरिकीकरण तथा स्थानियकरणमा जोड दिनु पर्ने उनको जिकिर थियो ।

तथ्याङ्क अभाव, भ्रष्टचार, समन्वय तथा सहकार्यको अभाव, स्रोत र साधनको अभाव जस्ता पक्षहरु दीगो विकास कार्यन्वयनमा चुनौती रहेको कार्यक्रममा कार्यपत्र प्रस्तोता शुसासन अभियन्ता केदार खड्काले वताए । युवाहरुमा कानुनी साक्षरताको जानकारी हुन पर्नेमा प्रस्तोताको जोड थियो ।

दीगो विकास कार्यन्वयनका लागि कर्मचारी प्रसासनको रुपान्तरण गर्नु पर्ने कार्यक्रमको अध्यक्षता गरेको युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले वताए । एक अर्को प्रसङ्गमा युवामा प्रयाप्त लगानी गरी देश विकासमा सहभागी नगराए दीगो विकासको कार्यन्वयन असंभव रहेको खतिवडाको जोड थियो । कार्यक्रममा अधिकारकर्मी गणेश विक, जितराम लामा, महेन्द्र थापा, हिमाल महत, विजय खड्का लगायतले दीगा विकासका चुनौतीको विषयमा मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्