बिप्लवका सगरमाथा ब्यूरो इन्चार्ज धरौटीमा रिहा



२५ असोज २०७५, संखुवासभा

संखुवासभा जिल्ला अदालत चनैपुरले नेपाल कम्युनिस्ट पार्टी बिप्लवका केन्द्रीय सदस्य तथा सगरमाथा इन्चार्ज दिपेश राईलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । राईलाई गत साउन २९ गते सुनसरी प्रहरीले धरान बाट पक्राउ गरिएको थियो । उनलाई मंगलबार जिल्ला अदालत चैनपुरले १० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । चन्दा असुलेको आरोपमा इलाका प्रहरी कार्यालय सुनसरी धरानले उनलाई पक्राउ गरेको थियो ।

राईलाई असोज १८ गते उदयपुर जिल्ला अदालतले रिहा गरे लगत्तै पुनः पक्राउ गरी संखुवासभा पुर्याईएको थियो । यसअघि राईलाई भाद्र २१ गते सुनसरी जिल्ला अदालतले रिहा गर्न आदेश दिए पनि पुन २२ गते पक्राउ गरी उदयपुर लगेको थियो । ‘विष्फोटक पदार्थ’ र ‘ज्यान मार्ने उद्योग’मा मुद्दा दर्ता भएकाले उनलाई उदयपुरमा  लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्