
झापाका एक युवकले युवतीहरुको भित्री वस्त्र (ब्रा र पेन्टी) चोर्दै गरेको अवस्थामा प्रहरीले फेला पारेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।
भद्रपुर नगरपालिका–४ स्थित मन्त्रिचोकका २५ बर्षीय दिपक राजवंशीलाई सामानसहित फेला पारिएको वडाका इन्सपेक्टर प्रकाश जबेगूले जानकारी दिएका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले विहीबार राती भद्रपुर– ६ स्थित भानुनगरमा अधिकाशं घर भित्र प्रवेश गरेर ती युवकले अन्य सरसामान चोर्न छाडेर भित्री वस्त्र चोरेर भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको इन्सपेक्टर जबेगूले बताए ।
साँझको समय पारेर विभिन्न घरमा कोहिनभएको समयमा प्रवेश गरि, सुकाएको स्थान तथा राखिएको स्थानबाट उनले ती भित्री बस्त्र लाने गरेका थिए । विवाहित राजवंशी विगतदेखि नै त्यस्तो सामान चोर्ने र सुघँने गरेको प्रहरी समक्ष बयान दिएको उनले जनाए ।
यस्तो प्रकारको चोर पहिलो पटक भद्रपुरमा फेला परे पछि प्रहरीलाई के कारवाही गर्ने भन्नेमा समेत अप्ठ्यारो परेको छ । प्रहरीले उनलाई पछिल्ला दिनमा यस्तो सामान नचोर्न सम्झाई बुझाई छाडिदिएको छ । लागूऔषध सेवनकर्ता जस्तै उसलाई यसको लत लागेको हुन सक्ने प्रहरीको भनाइ छ ।





