रोनाल्डोमाथि लागेको बलात्कार आरोप, आरोप मात्र हो : रोनाल्डोका वकिल



२५ असोज २०७५, काठमाडौं

विश्व फुटबलका एक स्कील्ड खेलाडी क्रिस्टीयानो रोनाल्डोमाथि लागेको बलात्कार आरोप, आरोप मात्र भएको उनको वकिलले बताएका छन् ।

सन् २००९ मा लस भेगसको एक होटलमा आफुमाथि बलात्कार भएको भन्दै अमेरिकी नागरिक क्याथारिन मायार्गाले पुलीस केस गरेकी हुन् ।
रोनाल्डोको बहिनी केटियाले भने यो सबै अरोप मात्र भएको बताएकी छिन् । ‘यो सबै झुठ हो, उनीहरुले मेरो दाजुलाई सिध्याउन खोजिरहेका छन् ।’ उनले भनिन् ।

३४ वर्षिया मायार्गाले भेगसको पुलीसहरुसमक्ष बलात्कार आरोपको प्रमाणसहित रिपोर्ट गरेकी थिईन् । १० वर्ष अगाडी भएको त्यो घटना दुई जनाको सहमतिमा भएको उनका वकिलले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्