जेलमै सेक्सको अफर, कैदीहरु भागाभाग…..



ब्राजीलको एक जेलमा कैदी जीवन विताइरहेका तीन महिलाको हुट्हुटीमा लाग्दा जेलका रक्षहरु नै अचम्ममा पर्ने घटना भएको छ ।

तर, कुरा सत्य हो । सुन्दा र पढ्दा अचम्म लाग्न सक्छ, प्रहरी प्रशासनको कडा निगरानीमा रहने जेल भित्रै सेक्स पार्टी ।

समाचार अनुसार ब्राजिलको कुइआवास्थित नोभा कारागारमा कैदी जीवन विताइरहेका तीन जना महिलाहरुले सामुहीक सेक्स पार्टीको आयोजना गरे । उनीहरुले जेलको सुरक्षामा खटीएका प्रहरहिरुलाई उक्त पार्टीमा निमन्त्रणा गरे ।

प्रहरीहरु पनि रमाइलो गर्न पाइने भन्दै पार्टीमा सहभागि भए । ती महिलाहरुको योजना अनुसार नै जेल सुरक्षामा रहेका प्रहरीहरुलाई अत्याधीक मदीरा सेवन गर्न बाध्य बनाए र जेल तोडेर भागे । उनीहरुले आफु मात्र भागेनन् ।

जेलमा रहेका अन्य २८ कैदी बन्दीलाई पनि भगाएका छन् । मध्य रातमा पारदर्शी पहिरन लगाएर जेलरहरु भएको ठाउँमा गएर ति महिलाहरुले सेक्सकालागि अफर गरे । प्रहरीहरु पनि लोभिएर हुन्छ भन्दै आए ।

ती महिलाहरुले उनीहरुलाई नशालु पदार्थ मिसाइएको रक्सी खुवाएर अर्धचेत बनाए अनि गार्डहरुको हात बाँधीदिए । अन्तिममा सवै कोठाहरु खोलेर कैदीलाई भाग्न लगाए अनि भागे ।

जेलमा ती महिलाहरुले प्रयोग गरेका अन्तरवस्त्र फेला परेको छ । ती महिलाको आग्रहमा फस्ने प्रहरीलाई अहिले निलम्बन गरिएको छ भने उनीहरुको खोजी कार्य भैरहेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्