हवाई ईन्टरनेशनलका डा. ज्ञवालीसँगको दशैंको खानपिन विशेष संवाद



२४ असोज २०७५, काठमाडौं

दशैं  नेपालीहरुको महान् चाड हो । यस पर्वमा सबैभन्दा बढि प्रयोग हुने चिज भनेको मासु हो । दशैं र मासुलाई पर्यायको रुपमा लिने गरिन्छ, तर यो गलत हो ।

मासु खानेका लागि दशैमा मासु साँच्चै नै ठुलो महत्वको विषय बनेको हुन्छ । अझ भन्दा आर्थिक रूपमा कमजोर अवस्था रहेकाहरूको लागि झनै दशैंको महत्व एकदमै बढी रहेको देख्न सकिन्छ । उत्सव र चाडपर्वका बेलामा खुसी साट्नका लागि र मनोरञ्जनका लागि प्रयोग गरिने जुवाताससँगै त्यसैको साथसाथमा मासु खाने प्रचलनले केही वर्ष अगाडिसम्म मासुलाई दशैंको पर्यायवाची मान्ने चलन थियो । वर्षभरी मासु खान नसकेकाहरूले पनि ऋण गरेरै भएपनि सिंगै खसी काठ्ने प्रचलन अझैपनि कतिपय स्थानमा यथावत रहेको छ । तर पछिल्लो समय शाकाहारीको संख्या बढ्नुले पनि दशैंलाई मासुको पर्यायबाची अर्थबाट मेट्दै गएको मान्न सकिन्छ ।

सही परिणाममा यसको प्रयोग गरे यसले स्वास्थ्यलाई राम्रो गर्छ । तर, बढि प्रयोग गरे यसले जत्ति राम्रो गर्छ, त्यत्ति नै नराम्रो असर पनि स्वास्थ्यलाई पारिरहकै हुन्छ ।

नेपाली समाजमा मिठो खाने, राम्रो लाउने, आफन्तजनसँग भेटघाट गर्ने अनि रमाउने पर्वको रुपमा दशैलाई लिईन्छ । नेपालीको महान चाड भनेर चिनिने वडा दशैँमा नभएकाले पनि दुःख गरेर, खोजेर ल्याएरै भएनी राम्रै खाने, राम्रै लाउने अनि छोराछोरीलाई राम्रै लाईदिने र ख्वाईदिने गर्छन् । यो घटस्थानपना सुरु भएदेखि सुरु भएको मानिन्छ । जुन, आजबाट सुरु भएको छ ।

मासुमा भएको चिल्लो पदार्थ वा यसमा रहेको बोसोको कारणले हाम्रो स्वास्थ्य बिग्रन सक्छ । विशेष गरि यसलाई दशैंमा राम्ररी पकाएर मात्र प्रयोगमा ल्याए केही हदसम्म स्वास्थ्यको यो खराबीपनलाई कम गर्न सकिन्छ । विशेषगरि दशैंमा प्रयोग गरिएका मासुहरु प्रयोग गरेर विभिन्न स्थानहरुमा धेरै मानिसहरु विरामी परिरहेका छन् ।

सरकारले पनि यस समस्यालाई ध्यानमा राख्दै जनावरलाई मासुको रुपमा प्रयोग गर्नुभन्दा पहिले नै त्यसको स्वास्थ्य परिक्षण गरेर मात्रै प्रयोगमा प्रयोगमा ल्याउन भनेको छ । सरकारले यस्तो खालको सल्लाह २३ असोजमा नै घोषणा गरिसकेको छ , सरकारले जनावरको स्वास्थ्य परिक्षण गरेर त्यसको स्वास्थ्य राम्रो भएमा त्यसमा हरियो चिह्न तथा अस्वस्थ भएमा भने त्यसमा रातो चिह्न लगाउने भनी बताईसकेको छ । त्यसमा पनि सरकारले उपभोक्ताहरुलाई हरियो चिह्न लगाएको जनावरलाई प्रयोगमा ल्याउन सुभाईसकेको छ ।

यी नै विषयहरुलाई समेटेर आज मैले हवाई ईन्टरनेशनल अस्पतालका डा. ईश्वर ज्ञवालीसँग कुराकानी गरेको छु ।
आउनुहोस् सुरु गरौं––––

धनबल राई : दशैंमा कस्तो खालको मासु सेवन गर्दा स्वास्थ्यलाई हानी गर्दैन?

ईश्वर ज्ञवाली : दशै भनेको एक त्यस्तो खालको नेपालीहरुको महान् पर्व हो, जहाँ विभिन्न जनावरका मासुहरु प्रयोगमा ल्याईन्छ । विशेष गरि दशैंमा मासु खाँदा राम्ररी पकाएर अथवा त्यसलाई गलाएर खाँदा चाहिँ स्वास्थ्यलाई त्यत्ति धेरै असर गर्दैन ।

धनबल राई : दशैंमा कति परिमाणमा मासुको सेवन गर्दा स्वास्थ्यलाई असर पर्दैन?

ईश्वर ज्ञवाली : सकेसम्म एकदमै थोरै, किनकी स्वास्थ्यलाई आवश्यक चिज नै भएपनि बढि भएपछि जत्ति राम्रो गर्छ, त्यत्तिनै नराम्रो पनि गर्छ , त्यसैले जति सक्दो एकदमै कम मात्रामा मासुको प्रयोग गर्दा राम्रो हुन्छ ।

धनबल राई : मासु कसरी बनाएर खाँदा स्वास्थ्यलाइ राम्रो हुन्छ?

ईश्वर ज्ञवाली : विशेष गरि यसलाई राम्ररी पकाएर खाएमा यसमा भएको स्वास्थ्यलाई असर गर्ने जिवाणुहरु नष्ट भई यसबाट हुने विभिन्न संक्रमणबाट सजिलै बाँच्न सकिन्छ । मासुलाई स्वादिलो हुन्छ, भनेर पोलेर अथवा काँचो नै खाने भन्दा पनि यसलाई बोईल गरेर खाएमा यसबाट हुने विभिन्न रोगहरुबाट बच्न सकिन्छ । त्यस्तै मासु आफै पनि एक चिल्लो वस्तु हो । त्यसकारण यसलाई अरु चिल्लो पदार्थहरु, जस्तैः तेल घिउ, तथा अन्य यस्तो खालको कुराहरु प्रयोगमा नल्याएकै राम्रो, र प्रयोग गर्नै पर्ने भएमा एकदमै कम प्रयोग गरे राम्रो हुन्छ ।

धनबल राई : मासुमा भएको सबैभन्दा बढि स्वास्थ्यलाई असर गर्ने चिज के हो ? यसले कसरी स्वास्थ्यलाई असर पार्छ?

ईश्वर ज्ञवाली : मासुमा भएको स्वास्थ्यलाई असर गर्ने चिज भनेको बोसो हो । यसबाट स्वास्थ्यलाई विभिन्न संक्रमणहरु हुन सक्छ । त्यसैले यसलाई राम्ररी पकाएर खाएमा मासुमा भएको त्यस खालका स्वास्थ्यलाई असर पार्ने पदार्थहरु नष्ट भई यसको संक्रमणबाट केही हदसम्म बाँच्न सकिन्छ ।

धनबल राई : एक पटक पकाएर राखिएको मासुलाई कति पटकसम्म उपभोग गर्न सकिन्छ? कति मानिसहरुको यसलाई फ्रिजमा राखेर हप्ता दिनसम्म उपाभोग गर्ने बानी पनि हामी पाउँछौं, यसले कतीको स्वास्थ्यलाई असर पार्छ, यसको विषयमा पनि केही बतादिनुहोस् न ।

ईश्वर ज्ञवाली : एक पटक उपभोग गरेपछि बाँकी रहेको मासुलाई फेरी उपभोग गर्ने मानेमा, यसलाइ एक दिनसम्म चाहीँ मज्जाले उपभोग गर्दा फरक पर्दैन । तर, त्यसभन्दा बढि दिनहरुमा प्रयोग गरिएको यस्ता खानेकुराले भने, स्वास्थ्यलाई खराब बनाउँछ । र त्यसखालको खानेकुराहरु भने प्रयोगमा नल्याएको नै राम्रो । मासु मात्रै नभएर फ्रिजमा धेरै दिन राखिएको खानेकुराले स्वास्थ्यमा विभिन्न समस्याहरुलाई निम्त्याउन सक्छ । त्यसैले यस खालका खानेकुराहरु प्रयोगमा नल्याउँदै राम्रो हुन्छ ।

धनबल राई : सरकारले यस वर्षको दशैंमा जनावरमा रातो तथा हरियो चिह्नको प्रयोेग ल्याएको छ, यसलाई कसरी लिनुहुन्छ?

ईश्वर ज्ञवाली : यो एकदमै राम्रो हो । यस्तो खालको कार्यले नेपाली जनताहरुले केही भएपनि दिर्घजिवी हुन्छन् । यसले उनीहरुको स्वस्थ वस्तुु प्रयोग गर्न पाउने अधिकारको पनि प्रत्याभूती दिन्छ ।

धनबल राई : अन्त्यमा के भन्न चाहनुहुन्छ ?

ईश्वर ज्ञवाली : अन्तिममा नजिकिदै गरेको यो बडा दशैंको शुभकामना भन्न चाहन्छु । र, यसलाई आफ्नो पारिवारिक अवस्थाअनुसारको हैसियतमा दशैं मनाउनु होला । अनि सबै नेपालीहरुमा सुख, अनि समुद्धि छाओस्

धनबल राई : ह्वस, धन्यबाद

ईश्वर ज्ञवाली : धन्यबाद

प्रतिक्रिया दिनुहोस्