स्ट्राईकर विमलको डेब्यु ए डिभिजन लिगबाट



२४ असोेज २०७५, काठमाडौं

नेपाली राष्ट्रिय फुटबल टिमका एक बेस्ट स्ट्राईकर बिमल घर्तिमगरले ए डिभिजन लिगबाट डेब्यु गर्ने भएका छन् ।

ललितपुरको फुटबल क्लब च्यासल युथ क्लबमा अनुबन्धित भएका बिमलले बुधबारको खेलसंगै लिगमा डेब्यु गर्ने तय भएको थियो । राष्ट्रिय फुटबल टिमका स्ट्राईकर बिमलले कप्तानको जिम्मेवारी सहित शीर्ष डिभिजनको लिगमा डेब्यु गर्ने तय भएको हो । ‘च्यासलबाट बिमलले आजको लिग खेल खेल्नेछन् ।’ च्यासल युथ क्लबले पल्सर सहित स्मारक ए डिभिजन लिगमा मछिन्द्र क्लबसंग प्रतिस्पर्धा गर्दैछ ।

१४ बर्षको उमेर मैत्रिपुर्ण म्याचमार्फत राष्ट्रिय टिममा देखिएका उनले साफको डेब्यु खेलमा गोल समेत गरेका थिए । उनले राष्ट्रिय फुटबल टिमबाट ९ गोल समेत गरिसकेका छन् । बिमलले यसअघि २०७१ सालको राष्ट्रिय लिगमा सुदुरपश्चिमबाट खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्