साफ यू–१८ महिला च्याम्पियनसिपका प्रत्येक खेलाडीले जनही ५० हजार पाउने



२४ असोज २०७५, काठमाडौं

अखिल नेपाल फुटबल संघ (एन्फा) ले भुटानमा सम्पन्न महिला च्याम्पियनसिपमा उपविजेता बन्न सफल प्रत्येक खेलाडीलाई जनही ५० हजार दिने घोषणा गरेको छ ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले उनीहरुलाई प्रत्येक सदस्यलाई जनही रु ५० हजार दिने निर्णय गरेको हो । गत २१ असोजमा नेपाल बंगलादेशसँग पराजित भई उपविजेता भएको थियो ।

त्यस्तै सेमिफाइनल खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्दी भारतलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । नेपाली टोली आज नेपाल फर्कने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्