प्रमुख सचेतकमा राजभण्डारी



२३ असोज २०७५, विराटनगर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ को संसदीय दलको बैठकले प्रमुख सचेतक र सचेतक नियुक्त गरेको छ ।

संसदीय दलको सोमबार साँझ सम्पन्न बैठकले प्रमुख सचेतकमा बुद्धिकुमार राजभण्डारी र सचेतकमा सीता थेबेलाई चयन गरेको छ । प्रमुख सचेतक  राजभण्डारी पार्टी एकिकरण हुनुअघि नेकपा एमालेका प्रमुख सचेतक थिए ।

प्रतिक्रिया दिनुहोस्