
२० असोज २०७५, काठमाडौं
नोभो हार्म रिडक्सन कम्युनिटी नेपालको आयोजना र बूढानीलकण्ठ वडा नं. १० को सहयोगमा “कपन दशै महोत्सव २०७५” असोज २७ गते शनिबार आकाशेधारा ह्याण्डबल मैदानमा हुने भएको छ ।
महोत्सवमा द एक्स व्याण्ड, एमटि ८८४८ ब्याण्डको सांगितिक प्रस्तुती रहनुका साथै ट्याप्स, डि–फेथ, डि.बि. लोप्चन जस्ता कलाकारको पनि सांगितिक प्रस्तुती रहेको छ ।
विभिन्न विद्यालयका बालबालिकाको साँस्कृतिक प्रस्तुति साथै खाना, कपडा, जुत्ता, लगायतका स्टल रहने आयोजकले जनाएको छ ।
कार्यक्रम दिउसो ३ः०० बजेदेखि बेलुकी ८ः०० बजेसम्म संचालन हुने र कपन प्रहरीले सुरक्षा दिने आयोजक कमिटिका विवेक अधिकारीले प्रेस मिट मार्फत जानकारी दिए ।





