
अस्ट्रेलियामा क्रुज जहाजमा छुट्टी बिताउन गएका १३ सय भारतीयहरूले देशको बेइज्जती गरेका छन् ।
एक भारतीय तमाखु कम्पनीका १३ सय कर्मचारीहरू रोयल क्यारेबियन सीमा क्रुजमा छुट्टी मनाउन गएका थिए । त्यहाँ उनीहरूले बेस्सरी हंगामा गरे । क्रुजमा उनीहरूले राति अबेरसम्म पार्टी गरे ।
पार्टीमा नाचगानका लागि अर्धनग्न डान्सरहरू बोलाइएका थिए । भारतीयहरूले डान्स टीमका साथ पूल डेकमा हंगामा मच्चाए र बुफेमा पनि खानका लागि हानथाप गरे ।
लगभग तीन हजार क्षमता भएको यो क्रुजमा भारतीय कर्मचारीले कब्जा जमाउँदा बाँकी यात्रुलाई हैरानी भयो । अन्य यात्रीले भारतीयहरूको व्यवहारको कडा आलोचना गरे ।
तीन दिनको यात्रामा भारतीय कर्मचारीले हरेक राति बार डान्सर लिएर आए । उनीहरूले डेकमा राति ढिलोसम्म हंगामा गरे अनि नर्तकीहरूसँग अश्लील फोटो र सेल्फी लिए ।
गुनासो आएपछि क्रुज कम्पनीले अन्य यात्रीको पैसा फिर्ता गरेको खबर छ ।





