अनमोल अभिनित फिल्म ‘क्याप्टेन’ को प्रर्दशन मिती तय



२० असोज २०७५, काठमाडौं

चर्चित नायक अनमोल केसीको मुख्य अभिनय रहेको फिल्म ‘क्याप्टेन’ को प्रर्दशन मिती तय भएको छ । अनमोलको बहुप्रतिक्षित मानिएको उक्त फिल्मको लामो समय देखि प्रर्दशन मिती तलमाथि भइरहेको थियो ।

प्राप्त जानकारी अनुसार, आगामी फागुन १७ लाई फिल्मको आधिकारिक प्रर्दशन मिति तय गरिएको छ । फिल्ममा एउटा सानो गाउँबाट राष्ट्रिय फुटबलको विजेतासम्म बन्न सफल एक युवकको संघर्षको कथालाई समेटिएको छ ।

दिवाकर भट्टराईको निर्देशनमा रहेको फिल्मलाई चर्चित नायक भुवन केसीले निर्माण गरेका हुन् । फिल्ममा अनमोल केसी, सरोज खनाल , प्रशान्त ताम्राकार ,विल्सनबिक्रम राई मुख्य भूमिकामा रहेका छन् भने यिनीहरुका अलावा फिल्ममा कोएक्टरको रुपमा उपासना सिंह ठकुरी र प्रियंका एमभीले पनि डेब्यु गर्दैछन ।

प्रतिक्रिया दिनुहोस्