
फिनिक्सबाट बोस्टन गइरहेको अमेरिकन एयरलाइन्सको विमानमा रक्सीले मातेका एक यात्रीले सीटबाट अचानक उठेरे अचम्मको हर्कत गरेपछि विमानलाई आकस्मिक अवतरण गराउनुपरेको थियो ।
उनलाई अर्का नशामा चुर रहेका व्यक्तिले व्यायाम गर्न भनेपछि त्यसलाई उनले सुझाव दिइएको ठान्दै उडिरहेको जहाजमै वर्कआउट गर्न थालेका थिए ।
फक्स न्यसजका अनुसार, विमान चढ्दा नै उक्त व्यक्ति नशामा थिए । विमान उडेपछि पनि उनले रक्सी मागे र त्यसको केही क्षणपछि उनी जुरुक्क उठे । उनी उठेपछि सँगै बसेका मानिसले मजाकमै ‘व्यायाम गर्न लागेको हो कि क्या हो’ भनी सोधे ।
विमान कर्मचारीले उनलाई रोक्न खोजेको भएपनि यात्रीले नमाने र पूलअप गरिरहेपछि विमानलाई कान्सासमा आकस्मिक अवतरण गर्नुपरेको थियो । विमानको आकस्मिक अवतरणपछि ति यात्रुलाई विमानबाट निकालियो ।





