कपन बहुमुखी क्याम्पसको चियापान कार्यक्रम सम्पन्न



२० असोज २०७५, काठमाडौं

विजया दशमी, शुभ दिपावली तथा नेपाल सम्वत् ११३९ को अवसर पारेर कपन बहुमुखी क्याम्पसले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम क्याम्पस प्राङ्गणमै आज बिहान सम्पन्न गरेको छ ।

कार्यक्रममा सांसद गगन कुमार थापा, परराष्ट्रविद् डा. राजन भट्टराई, बूनपा उपप्रमुख रमादेवी राई, बूनपा १० का वडाध्यक्ष नवराज भट्टराई, जनप्रतिनिधि वडा सदस्यहरु विभिन्न विद्यालयका शिक्षक, समाजसेवी लगायतको बाक्लो उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा शुभकामना कार्ड बाड्नुका साथै चियापानको व्यवस्था गरी संपुर्ण अतिथी तथा स्थानीयहरुलाई स्वागत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्