
१९ असोज २०७५, इटहरी
इटहरी उपमहानगरपालिकाले सहकारीहरुलाई अत्याधिक कर लगाएको भन्दै बचत तथा ऋण सहकारीहरुले गुनासो गरेका छन् ।
सुनसरीको इटहरीमा रहेको शुभलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारणसभाका बक्ताहरुले इटहरी उपमहानगरपालिकाले अत्याधिक कर बढाएको गुनासो गरेका हुन् । जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष शिवराज श्रेष्ठले सहकारीहरुलाई करको भार थप्ने काम गरेपनि उपमहानगरपालिकाले सहकारीका लागि कुनै योजना नवनाएको आरोप समेत लगाए ।
प्रदेश नम्वर १ मै कर वढी लिनेमा इटहरीको नाम अग्रस्थानमा रहेको समेत उनको भनाई छ । कार्यक्रममा सहभागी अन्य सहकारी संस्थाका प्रतिनिधिहरुले समेत कर अत्याधिक भएको गुनासो गरेका थिए ।
शुभलाभ बचत तथा ऋण सहकारीेले वार्षिक साधारण सभाको अवसरमा सञ्चारकर्मी हिमाल दहाल, रंगकर्मी सोनु जयन्तीका साथै विभिन्न विधाका १३ जनालाई सम्मान समेत गरेको सहकारीका अध्यक्ष किरण पराजुलीले जानकारी दिए ।





