
१९ असोज २०७५, इटहरी
इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले बलात्कारीको नगरिकता नै संशोधन गर्ने नियम ल्याउनु पर्ने बताएकी छिन् । इटहरीमा निस्किएको एक र्यालीमा बोल्दै गौतमले यस्तो बताएकी हुन् ।
इटहरीमा रहेको इटहरी नमुना कलेजले आयोजना गरेको बलात्कार बिरुद्ध र्याली र सडक नाटकको अवलोकन गर्दै गौतमले महिला बिरुद्ध हुने हिसां रोक्न पुरुष अगाडी आउनुपर्ने बताईन् । ‘केही खराव पुरुषका कारण सबै पुरुष बदनाम हुने अवस्था आयो, अव यसलाई रोक्न पुरुष नै सक्रिय हुनुपर्छ ।’ उनले भनिन् ।

‘हामी दिनरात असुरक्षित वातावरणमा बाँच्न बाध्य छौं, छ महिनाकी बालिका देखि ८० बर्षीया हजुरआमा समेतको बलात्कार हुँदा सरकार चुप लाग्न हुदैन ।’ गौतमले भनिन् ‘संघीय सरकारले यस्तो कानुन ल्याउनुपर्छ जसमा बलात्कारी पलपल मर्न बाध्य होस्, उसको नागरीकता संशोधन गरौं र बलात्कारी लेखौं ।’
बिएस्डब्लु तेस्रो बर्षका बिद्यार्थीको पहलमा कलेजका ५ सय भन्दा धेरै बिद्यार्थीले शान्तीपुर्ण र्याली र सडक नाटक मार्फत जनचेतना जगाउन थालेका हुन् ।
कलेज परिसरबाट र्यालीमा निस्कीएका बिद्यार्थीले इटहरी बजार क्षेत्रको परिक्रमा गर्दै इटहरी उपमहानगरपालिका कार्यालय अगाडी गएर सडक नाटक प्रस्तुत गरेका थिए । बिद्यार्थी सभ्यता भट्टराईको लेखन तथा निर्देशन रहेको नाटकमा बलात्कार आफुले धेरै नजिक सम्झेको मान्छेबाट समेत हुन सक्छ भन्ने देखाईएको थियो ।

पछिल्लो समय राष्ट्रिय स्तरका सञ्चार माध्यमका मुख्य खबर नै बलात्कारी बन्न थालेको र अझै पनि यौनजन्य घटना गुपचुप गर्ने परम्परा कायम रहेको छ । यस्ता घटनाका अपराधीलाई कानुनको दायरामा ल्याउनुपर्छ भन्ने बुझाउन नाटक देखाउन आवश्यक ठानेको कलाकार गिता कोईराला बताइन् ।
बलात्कार पश्चात सुरक्षा निकायले गर्ने ब्यवहार र बास्तवमा पिडीतले चाहेको ब्यवहार कस्तो हुन्छ भनेर समेत देखाईएको छ ।
नाटकमा सिन्धीया साम्पाङ, सिर्जना गुरागाँई, सभ्यता भट्टराई, स्मारिका कार्की, समिक्षा सुबेदी, सबिना पौडेल, गिता कोईराला, रबिना शिवाकोटी, रोश्ना खत्री लगायतका छात्रा बिद्यार्थीले अभिनय गरेका थिए ।





