पप्पु कन्सट्रक्सनविरुद्ध भ्रष्टाचार मुद्दा दायर



१९ असोज २०७५, काठमाडौं

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार निर्माणका विभिन्न ठेक्का लिएर समयमै काम सम्पन्न नगरी अलपत्र पार्दै आएको पप्पु कन्सट्रक्सनका सञ्चालकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीमाथिको पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको उजुरीमाथि अनुसन्धानबाट पुल निर्माणमा आर्थिक अनियमितता भएको देखिएपछि पप्पु कन्सट्रक्सनसहित सरकारी कर्मचारीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको हो ।

प्रतिक्रिया दिनुहोस्