काँग्रेस एक ढिक्का हुनुपर्छ : महामन्त्री डा कोइराला



१९ असोज २०७५, विराटनगर

नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीभित्रको अन्तरन्द्वका कारण निर्वाचनमा पराजित भएको स्मरण गर्दै इतिहास कोर्ने गरी पार्टी बलियो बनाउन काङ्ग्रेस एक ढिक्का हुनुपर्ने बताएको छ ।

नेपाल निजामति कर्मचारी युनियन (सङ्घ) प्रदेश नं १ स्तरीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै राष्ट्रसेवक कर्मचारीको अधिकार कटौती भए पार्टी चुप लागेर नबस्ने बताएको छ । उनले विपी कोइराला आर्थिक अनुशासनमा बस्ने र कार्यकर्तालाई धेरै माँया गर्ने स्वभावको भएकोले विगतमा काङ्ग्रेसले ऐतिहासिक सफलता प्राप्त गरेको बताउँदै अहिलेको नेतृत्वमा पनि त्यस किसिमको स्वभाव आउनु पर्छ भनेर भनेका छन् ।

प्रदेश नं १ काङ्ग्रेस संसदीय दलका नेता राजीव कोइरालाले मुलुकको राजनीतिक परिवर्तनमा राष्ट्रसेवक कर्मचारीको भूमिका सहनीय छ भने । काङ्ग्रेसका प्रमुख सचेतक केदार कार्कीले जनतालाई विश्वास दिलाउन नसकेका कारण पार्टी कमजोर भएको धारणा राखे ।

युनियन(सङ्घ) प्रदेश नं १ का सभापति दिपेन्द्र खत्रीको सभापतित्वमा भएको सो कार्यक्रममा विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्की, सङ्घका मोरङका अध्यक्ष चन्द्रप्रसाद कट्टेलले पनि बोल्नु भएको थियो । दुई दिने सो प्रशिक्षणमा प्रदेश नं १ अन्तर्गत १४ जिल्लाका करीब ३०० सङ्घसँग आवद्ध कर्मचारीको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्