झक्कड थापाको पश्चिमेली गीत सार्वजनिक (भिडियो सहित)



नेपाल आईडलको पहिलो संस्करणमा नेपालगञ्जको अडिसनबाटै बाहिरिएका झक्कड थापाको पश्चिमेली भाकाको गीत सार्वजनिक भएको छ ।

नेपाल आइडलको अडिसनबाटै भाईरल बनेका झक्कडलाई बसन्त सापकोटाले पश्चिमेली गीत मार्फत पुन बजारमा ल्याएका हुन् । दिनेश थपलियाको शब्द रहेको गीतलाई बसन्त सापकोटाले संगीत दिएका छन् भने झक्कड थापाको आवाज सुन्न सकिन्छ। गीतलाई बसन्त सापकोटाले आफ्नै म्युजिक कम्पनि प्रभा क्रियशनबाट बजारमा ल्याएका छन् । झक्कड थापाको अडिसन हेर्दैमा उनी पश्चिमका भाका गाउन सक्ने क्षमताको रहेको बताउँदै संगीतकार सापकोटा भन्छन्, हरेक व्यक्तिमा आफ्नो किसिमको गीत गाउने क्षमता हुन्छ । हामीले विमाकुमारी दूरा दिदीलाई आधुनिक वा पपगित गाउन लगाएर हुन्न । त्यो उहाँको अपमान हो । ठीक त्यस्तै हो झक्कड पनि अरु गीतको लागि बेसुरा भएपनि उनी आफ्नो क्षेत्रको गीत गाउँन सक्छन् भनेर मैले उनकै लागि गीत गाउन लगाए ।

यता झक्कड आफ्नो गीतबारे यसो भन्छन्, मैले गाउन खोजेको हो । गीत गाउँदा सजिलै लाग्यो तर एक दुई ठाउमा स्वर नै नपुग्दो रैछ ।अलि मिहेनत गर्नु पर्यो । अब संगीत सिक्छु । कोठामा गितार पनि ल्याको छु । राम्ररी संगीत सिक्ने मेरो रहर छ । गीतलाई बिहीबार युट्युवमार्फत सार्बजनिक गरिएको छ । संगीतकार सापकोटाको अनुसार गीतको भिडियो केही दिनमै सार्बजनिक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्