सुन तस्करी र हत्या प्रकरणमा मुछिएका एसएसपी लोहनी र एसपी खनालको निलम्वन फुकुवा



१९ असोज २०७५, काठमाडौँ

केही समयअघि ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या तथा संगठित अपराधमा मुछिएका एसएसपी दिवेश लोहनी र एसपी विकास खनाललाई जिल्ला अदालत मोरङले पुरपक्षका लागि थुनामा पठाएपनि उच्च अदालत विराटनगरले उनीहरुविरुद्ध उचित प्रमाण र साक्षी नभेटिएको भन्दै साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो ।

गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार उच्च अदालतले विराटनगरबाट साधारण तारेखमा रिहा भएका लोहनी र खनालको निलम्वन फुकुवा गरेको छ ।

‘अदालतबाट साधारण तारेखमा छुटिसकेपछि उनीहरुकोे कानुनीरुपमै निलम्वन हटिसकेको छ’, सुवेदीले भने, ‘अदालतले तत्कालका लागि दोषी नदेखी साधारण तारेखमा रिहा गरिसकेकाले निलम्वन फुकुवाको निर्णय भएको हो ।

महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत एएसपी लोहनी र जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत एसपी खनाल ३८ क्वीन्टल बढी सुन तस्करी र सुन तस्करीमा मुछिएका सनम शाक्यको हत्याप्रकरणमा पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्